म मध्य ओहायोमा बसोवास गर्ने भूटानी-नेपाली समुदायको आर्थिक, सामाजिक र राजनैतिक उन्नतिको समर्थन गर्दछु। म यो समुदायसंग मेरो चुनाबी अभियानको पहिलो दिनदेखिनै सम्लग्न छु। भूटानी-नेपाली समुदाय मध्य ओहायोमा संख्याको दृष्‍टिकोणले सबै भन्दा छिटो बढ्ने नयाँ अमेरिकी समुदाय हो। उनिहरु उधमी र मेहनती स्वभाब भएका कारणले गर्दा रोजगारदाताहरूले उनीहरूलाई धेरै मन पराउँछन्। आत्म- निर्भरता र रोजगारितामा अब्बल यो समुदाय, ब्यापार- ब्यवसायमा पनि उत्तिकै निपूर्ण छ।  आजको दिनमा, मध्य ओहायो छेत्रमा एक सयभन्दा बढी स-साना व्यवसायहरूमा, यो समुदायको स्वामित्व छ। यसरी हेर्दा, यस समुदायद्वरा मध्य ओहायोलाई आर्थिक र सांस्कृतिक रूपमा ठूलो योगदान मिलेको छ। 

 

प्रकाशित तथ्यांक अनुसार, पुनर्स्थापना भएका शरणार्थीहरूले केन्द्रीय ओहायोको अर्थव्यवस्थामा वार्षिक १.६ बिलियन डलरको योगदान गर्दछन्। उनीहरुले पुर्याएको आर्थिक र सामाजिक योगदानको कदर गर्दै, म त्यस अर्थव्यवस्थालाई अझै विस्तार गर्न चाहान्छु। अमेरिकी कांग्रेसको सदस्यको रूपमा, म यो समुदायले भोगिरहेका चुनौतीहरुको समाधानकालागी, हरसम्भब तरिकाले आफ्नो साथ अनी समर्थन दिनेछु।

 

निम्न विषयहरुमा मेरो प्रार्थमिकता रहने छ:

 

1. म पारिवारिक पुनर्मिलनका लागि अमेरिकी नागरिक भएका भूटानी सदस्यहरू, भुटानमा आफ्ना 

    प्रियजनहरूलाई भेट्न सकुन भन्ने कुराको सुनिश्चित गर्नेछु। 

२. म अन्तर्राष्ट्रिय संगठनहरुसंग सहकार्य गरेर द्रुत रूपमा नेपालका शरणार्थी शिविरहरूमा रहेका बाँकी 

    शरणार्थीहरूलाई अमेरिका पुनर्वास गर्ने कार्यमा सम्लग्न हुनेछु। 

३. म भुटानका सबै राजनीतिक बन्दीहरुलाई रिहा गरिनुपर्छ भन्ने वकालत गर्नेछु।

 

यस बाहेक, म केन्द्रीय ओहायोको भूटानी समुदायका समाजसेबी, बुद्धिजिबी, र अग्रणी व्यक्तिहरुसंग सहकार्य गरी, समुदायले झेल्नु परेका चुनौतिहरु जस्तै मानसिक स्वास्थ्य, लागु पदार्थ दुर्ब्यसन् लगायत युवा रोजगार र तालिम कार्यक्रम, उच्च शिक्षा अवसर, छात्रवृत्ति, नागरिकता र समुदायको वकालतमा सम्लग्न रहने छु।

Support Kashi Adhikari: https://www.facebook.com/kashi.adhikari.56